काठमाडौं, बैंकिङ कसुरसम्बन्धी मुद्दामा निर्माण व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले निर्माण व्यवसायी मनोज कुमार भेटवाललाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको हो । व्यवसायी भेटवालविरुद्ध तीन करोड रुपैयाँको बैंकिङ कसुरसम्बन्धी मुद्दामा बुधबार पक्राउ गरिएको परिसरले जानकारी दिएको छ । यसअघि पनि पटक–पटक बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पर्दै आएको भेटवालको जलेश्वर स्वच्छन्द विक्वोइ विल्डर्स कम्पनी रहेको छ । उनको यो कम्पनीले काठमाडौंको पुरानो बसपार्कमा भ्यु टावर बनाउँदै आएको छ । भेटवाल यसअघि पनि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक घोटालासम्बन्धी प्रकरणमा पक्राउ परेका थिए ।