काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरूमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ बिहीबार भक्तपुरको कमलविनायकमा आप्mनो १२४औँ शाखा उद्घाटन गरेको छ ।
उक्त शाखाको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मी प्रसाद हयौमिखा र बैंकका सञ्चालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले संयुक्त रूपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट चाँगुनारायण नगर चेम्बरका अध्यक्ष गोकुल प्रसाद प्रजापती, जगाती प्रहरी चौकी भक्तपुरका प्रमुख–प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठ, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले कमलविनायक र सो आसपासका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । योसँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४५ पुगको छ ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २४ वटा शाखा सञ्जाल, तीनवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालयहरू, एक सय ६० वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बंैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।