राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको नाममा निर्देशित लिविङ गर्दै आएका पूर्व सभामुख दमननाथ ढुंगानाले आफूलाई आफूलाई कांग्रेसले उम्मेदवार नबनाएपछि सामाजिक संजालमा रुष्ट प्रतिक्रिया दिएका छन् । कांग्रेसले शनिबार पूर्व सभामूख रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि उनले त्यस्तो प्रतिक्रिया दिएका हुन् । हतास मनस्थितिमा सुध्रर्ताको समेत ख्याल नगरी उनले हाम्रा जनप्रतिनिधि संसदका शीर्ष नेताहरुको मुख्य काम संसद बाहिरको वैठक,वैठक मात्रै होकि ? अनि एजेण्डा चाहि भागवण्डा,भागवण्डा,भागवण्डा मात्रै भनी सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् ।