काठमाडौं । नेपालका सेलिब्रिटी हेयर स्टाइलिस्ट निल डेभिड कटवालले भारतको सिलिगुडीस्थित सेवकरोडस्थित अत्याधुनिक एक्रोपोलिस मलको तेस्रो तल्लामा निल डेभिड ब्रान्डको निल डेभिड्स द सलुन लाउन्ज सञ्चालनमा ल्याएका छन् ।
निल डेभिड्स ब्राण्डको उक्त नयाँ सलुन शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ । मलका सञ्चालक अनिल मसानी, राजेश अग्रवालसहित निर्माता–निर्देशक टिकम शर्मा, गायक कर्मा शेर्पा, बंगाली अभिनेत्री अंकिता दास, मोडल सुकचन्द थापा, हेयर स्टाइलिष्ट कटवालले संयुक्त रूपमा रिबन काटेर सलुनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा हेयर स्टाइलिस्ट सरोज थापा, निल डेभिड्स ब्राण्डका सीईओ डेनियल कटवाल, बिर्तामोडको निल डेभिड्स सलुनका सञ्चालक राजन कटवालको पनि उपस्थिति थियो । यसैबीच, नीलडेविड्स द सलुन लाउञ्जमार्फत निल डेभिडले इन्टेरियर डिजाइनिङमा पनि कदम राखेका छन् । निल डेभिड्स द सलुन लाउञ्जको इन्टेरियर डिजाइन कटवाल आफैँले गरेका हुन् । सन् २०२३ देखि फ्रेन्चाइज मोडलको रूपमा डिजाइन गरिएको यो मोडल सलुन १२ सय स्क्वायर फिटमा निल डेभिड आफैँले इन्टेरियर डिजाइन तथा कन्सेप्ट दिएको बताएका छन् । सन् २०२४ देखि आफ्नो इन्टेरियर ब्राण्ड ‘एनडी इन्टेरियल’मार्फत व्यावसायिक सेवा नै प्रारम्भ गर्ने उनले बताए ।
उनका अनुसार निल डेभिड्स ब्राण्डको फ्रेन्चाइजी नेपाल तथा भारतमा वैशाखदेखि आधिकारिक घोषणा हुँदै छ, जसले पनि आफ्नो सलुन बिजनेस निल डेभिड्स ब्राण्डसँग जोडेर फ्रेन्चाइजी सञ्चालन गर्छन्, उनीहरूलाई निल डेभिड्स टिमले पूर्ण साथ दिनेछ । यसैबीच, आगामी भदौ महिनादेखि निल डेभिड कटवाल सिग्नेचर सलुन संयुक्तरूपमा निल डेभिड कटवाल, सरोज थापा र राजन कटवालको साझेदारीमा बुटवलमा सञ्चालनमा आउने घोषणा गरिएको छ ।