काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाका अनुसार नुवाकोट लिखु गाउँपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार पक्राउ गरिएको हो ।
प्रवक्ता थापाका अनुसार उच्च अदालत पाटनको २०७९ पुस १८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा सात दिन कैद र २० लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पाण्डेलाई काठमाडौंको वसन्तपुरबाट पक्राउ गरिएको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदातलको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा प्रवक्ता थापाले जानकारी दिए ।