काठमाडौं । चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय वसुन्धारामा बिहान ११ बजेदेखि बैठक सुरु भएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले राससलाई जानकारी दिए । उनले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताए ।