काठमाडौं । अब क्यूआर कोडबाट नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमाशुल्क भुक्तानी गर्न मिल्ने भएको छ । आकर्षक बोनसदरसहित विगत ३६ वर्षदेखि जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकवर्गहरूलाई उच्चतम प्रविधिमा आधारित सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीको सबै शाखामार्फत फोन–पे नेटवर्कमा आबद्ध वित्तीय संस्था ई–सेवाको माध्यामबाट डायनामिक क्यूआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितिमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक सुरुवात गरिएको छ । यसप्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकहरूले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।