काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत्र ११ गते काठमाडौंस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आफ्नो १४औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ५१ करोड ४० लाख ९९ हजार एक सय २१ रुपैयाँमध्येबाट २२ प्रतिशतका दरले हुनआउने ११ करोड ३१ लाख एक हजार आठ सय सात रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसबाहेक सभाले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक दशमलव १५ प्रतिशत अर्थात् ५९ लाख ५२ हजार सात सय २७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाको यही फागुन १७ गते बसेको दुई सय ४७औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो ।