काठमाडौं ।नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न विधामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ प्रदान गरेको छ । यो अवार्डबाट विभिन्न वर्ग र क्षेत्रका साथै समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीहरु, सञ्चारमाध्यमहरु, निर्माण व्यवसायीका इन्जिनियर सन्तानमध्ये उत्कृष्ट सन्तानहरु, निर्माण क्षेत्रमा विशिष्ट योगदान गर्ने महासंघका पूर्वअध्यक्ष जिपछिरिङ लामालयायत छन् ।
महासंघले राष्ट्रिय दैनिक पत्रिकामध्ये आर्थिक राष्ट्रिय दैनिकलाई उक्त ‘एफक्यान एक्सिलेन्स अवार्ड’ प्रदान गरेको हो । उक्त अवार्ड आर्थिक राष्ट्रिय दैनिकका सम्पादक रामप्रसाद पुडासैनीलाई प्रदान गरिएको थियो ।
महासंघले सञ्चारमाध्यमहरुमध्ये राष्ट्रिय दैनिक एउटा, अनलाइन एउटा, टेलिभिजन एउटा, रेडियो एउटा र सञ्चारकर्मी एक जनालाई अवार्ड प्रदान गरेको थियो । उक्त अवार्ड उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा प्रदान गरिएको थियो । महासंघले अवार्ड छनौट गर्न विज्ञ सम्मिलित एउटा समिति गठन गरेको थियो । उक्त समितिले स्वतन्त्र रुपमा विधाअनुसार अवार्ड प्रदान गर्ने संस्था र व्यक्तिहरुको छनौट गरेको थियो ।