काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई १० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बैंकले खातामा उपलब्ध घातक रोग बीमाबापत उनलाई १० लाख बीमा रकम भुक्तानी गरेको हो । श्रेष्ठले बैंकको जावलाखेल शाखामा ‘सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी थिइन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकमबराबरको चेक श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जनाभन्दा बढी ग्राहकहरूलाई घातक रोग बीमाबापत तीन करोड, दुर्घटना बीमाबापत एक करोड ३० लाख र मेडिकल बीमाबापत तीन करोड ६७ लाख गरी कुल सात करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ ।