काठमाडौं, आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको खेलमा नेपालका अर्का ब्याटर आरिफ शेखले पनि अर्धशतक प्रहार गरेका छन् । यस अघि ओपनर ब्याटर कुशल भुर्तेलले पनि ५०, भिम सर्की ६७ रन बनाएका थिए । गुलशनसँग मिलेर आरिफ शेखले नेपालको इनिङलाई अगाडी बढाइरहेका छन् । आरिफ शेख ५२ र गुलशन झा २१ रन बनाएर खेलीरहेका छन् । नेपालले ओपनर आसिफ शेख शुन्य ,कुशल मल्ल ५ र कप्तान रोहित पौडेल १६ र कुशल भुर्तेल ५० र भिम सार्की ६७ रनमा गुमाईसकेको छ । नेपाल अहिले ३९ ओभरमा ५ विकेट गुमाएर २२५ रन बनाएर खेलीरहेको छ ।