काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले शुक्रबार आफ्नो २६औँ वार्षिकोत्सव मनाएको छ । पोखरा ९, न्यूरोड, कास्कीमा प्रधान कार्यालय रहेको यस वित्तीय संस्थाले मिति २०५३ साल देखि आफ्नो बैकि∙ कारोबार शुभारम्भ गरेको हो । नेपालभर सञ्चालित वित्तीय संस्थाहरूमध्ये पोखरा फाइनान्स लि. राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ । स्थापनाकालको २६औँ वर्षसम्म आइपुग्दा संस्थाले ठूलो संख्यामा ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सुविधासहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरूमा समेत सहभागी भई सामाजिक कार्यहरूलाई उच्च प्राथमिकता दिँदै अघि बढिरहेको छ ।
वित्तीय संस्थाको हाल अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जारी तथा चुक्ता पँुजी एक अर्ब आठ करोड रुपैयाँ रहेको छ । देशका विभिन्न ठाउँहरूमा शाखा सञ्जाल रहेको संस्थाको हालसम्म २४ वटा शाखा संख्या, एउटा एक्सटेन्सन काउन्टर र चारवटा एटीएम सञ्चालनमा रहेको छ । २६औँ वार्षिकोत्सवको अवसरमा संस्थाले प्रधान कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको र ५१ जनाले रक्तदान गरेका छन् । संस्थाको २६औँ वर्षसम्मको निरन्तर यात्रामा सद्भाव र सहयोग गर्ने सम्पृ्र्ण ग्राहकहरू, सेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै वित्तीय संस्था आगामी दिनहरूमा समेत आफ्नो ग्राहकहरूलाई छिटो, छरितो, सुरक्षित एवं सुदृढ सेवा प्रदान गर्न तत्पर रहेको वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।