काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले १०औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संंस्थाले आगामी वैशाख १५ गते पोखराको सिटी स्क्वार होटलमा आफ्नो १०औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार आठ सय ६२ रूपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा छ करोड ५५ लाख ८६ हजार दुई सय ८६ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नै तयारी गरेको छ । यसबाहेक संस्थाले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट नै कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत अर्थात् ३४ लाख ५१ हजार नौ सय नौ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नै तयारी गरेको छ ।