काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि दराजबाट सामान किन्दा ५५ इन्च बेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । सो योजनामा सहभागी हुन बैंकका ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्नुपर्छ ।
बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २१ देखि वैशाख ९ गतेसम्म लागू हुनेछ । यस योजनामा कुल सहभागीहरूमध्ये एक जना भाग्यशाली विजेता छनोट गरिने बैंकले जनाएको छ ।
छनोट भएका एक भाग्यशाली विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी जित्नेछन् । बैंकको योजनामार्फत अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनाएको छ ।
बैंकले मुलुकभर तीन सय ६४ शाखा कार्यालय, तीन सय ६३ एटीएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सय बढी सेवाकेन्द्रबाट ४० लाखभन्दा धेरै ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ ।