काठमाडौं । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलोपर्स रहने भएको छ । महासम्मेलन आगामी बिहीबारदेखि शनिबारसम्म काठमाडौंको होटेल याक एण्ड यतिमा आयोजना हुँदै छ ।
यस महासम्मेलनमा ११ वटा विषयमा छलफल हुनेछ । जसमा पूर्वअर्थमन्त्री, मन्त्रीहरु, पूर्वगभर्नर, सचिवहरुसहित अन्तर्राष्ट्रिय सहकारी विज्ञहरुको प्रस्तुति रहनेछ । अस्ट्रेलिया, जापान, भारतलगायतका विज्ञहरुको पनि मुख्य प्रस्तुति रहनेछ ।
इन्फोडेभलोपर्सले सहकारी तथा लघुवित्तका लागि विभिन्न सफ्टवेयर प्रडक्ट र परियोजनामा काम गरिरहेको कम्पनी हो । यस कम्पनीले सहकारीहरूको लागि कोर बैंकिङ, मोबाइल बैंकिङ, बजार प्रतिनिधिहरुले सहकारी र लघुवित्तका सदस्यहरु रहेको स्थानबाटै रकम जम्मा गर्नसक्ने सुविधाहरु दिँदै आएको छ ।