काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशमा संशोधन भएको छ । सोअनुसार संस्थाले २०७९ असार मसान्तसम्ममा कायम रहेको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँमध्येबाट १५ प्रतिशतका दरले हुनआउने एक करोड ९८ लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने भएको छ ।
उक्त लाभांशमध्येमा १० प्रतिशतका दरले हुनआउने एक करोड ३२ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी पाँच प्रतिशतका दरले हुनआउने ६६ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि भने संस्थाले २०७९ असार मसान्तसम्ममा कायम रहेको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँमध्येबाट २१ प्रतिशतका दरले हुनआउने दुई करोड ७७ लाख ८९ हजार चार सय ७४ रुपैयाँबराबरको लाभांश वितरण गर्नै प्रस्ताव गर्दे स्वीकृतिको लागि राष्ट्र बैंकका पठाएको थियो । तर नेपाल राष्ट्र बैंकले २०७९ फागुन १० गते जारी गरेको निर्देशनको अधीनमा रहेको संस्थाको यही चैत २५ गते बसेको संस्थाको सञ्चालक समितिको दुई सय १०औँ बैठकले बोनस र नगद समेत गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभाश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउने संस्थाले जानकारी दिएको छ ।