मालोवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाईएको छ । शुक्रबार साढे ९ बजे गोली चलेको थियो । गोली लाग्दा पुनकी ७४ वर्षीय आमा तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन रहेका छन् । उनलाई राति १ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रकाश नातामा तीर्थमालीका नाति भएको खुलेको छ । उनी नयाँ वर्ष मनाउन गएका बेला उक्त घट्ना घटेको प्रहरीले बताएको छ। प्रकाशलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । प्रकाश कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीका सुरक्षा गार्ड भएको बताइएको छ ।