राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि मंगलबार साँझा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । यसअघि हिजो उनको बायाँ छातीको तल्लो भागबाट भिडीयो एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो । उनको स्वास्थ्य अवस्था बुझन उपप्रधान,रक्षा तथा कानुनमन्त्री पूर्णबहादुर खड्का अस्पताल पुगेको खड्काको सचिवालयले बताएको छ ।