कञ्चनपर,चैत १८
कञ्चनपरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूले आफूहरूले न्यूनतम स्वास्थ्य सामग्रीहरूविनै कोरानाको चेकजाँच गर्नुपरेको बताएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमण फैलिरहेको बेला नेपाल सरकारले पनि विभिन्न ठाउँमा हेल्थ डेस्क स्थापना गरिसकेको बताएको छ । तर, कञ्चनपुरका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यर्मीहरूले कोरोना चेकजाँचका लागि अति आवश्यक सामग्रीहरू मास्क, सुरक्षा कवचलगायतका सामग्रीहरू समेत नपाएको बताएका छन् ।बेल्डाँडीको स्वास्थ्यचौकीमा कार्यरत अहेव किरन पाण्डेले आफूहरूले यस्तो महामारीका बेलामा सरकारले मास्कसमेत नदिएर काम गर्नुपरेको बताएका छन् । सरकारले स्वास्थ्यकर्मीहरूलाई उचित र आवश्यक सामग्रीहरू मास्क तथा सुरक्षा कवचको उपलब्धताविनै प्रभावित क्षेत्रमा पठाएको उनीहरूको गुनासो छ ।
कोरोनाको लागि आफूहरूको स्वास्थ्य निकै जोखिममा परिसकेको उनीहरूले बताएका छन् । सरकारले कोरोना परिक्षणका लागि आवश्यक सामग्रीहरूका साथै औषधि जन्य सामग्री उपलब्ध नगराएको बताएका छन् । स्वास्थ्यकर्मीहरूले पयोग गर्नेसेट गाउन तथा पीपीई नै अभाव रहेको महाकाली अस्पतालका मेडिकल अधिकृत डाक्टर सरोज आचार्यले बताएका छन् । उनका अनुसार अहिलेसम्म एन– ९५ मास्कको नै अभाव छ । सामान्य सर्जिकल मास्क पनि भनेको बेला नपाइने गरेको उनको भनाइ छ । साथै आइसोलेशनमा लगाएर जाने सोटगाउनक पनि अभाव रहेको उनले बताए ।