काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव शुन्य सात अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार १५ दशमलव १३ अंकले उकालो लागेर १९ सय २० दशमलव १२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८५ अंकले उकालो लागेर तीन सय ६५ दशमलव ९० बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय ७३ वटा कम्पनीहरुको २३ हजार पाँच सय तीन पटक सेयर खरिद बिक्री भएको छ । सो अनुसार २५ लाख ७९ हजार तीन सय २५ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ८७ करोड २१ लाख ४१ हजार एक सय १६ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।