काठमाडौं । विशेष अदालतले गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक बसन्त प्रकाशलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश बलभद्र बास्तोलाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी खारेज गरेको हो ।
केपी ओलीको नेतृत्वमा रहेको तत्कालीन नेकपाको सरकारले उनलाई राजीनामा दिन दबाब दिएको र उनले राजीनामा नदिएपछि जबर्जस्ती हटाइएको थियो । सरकारले बर्खास्त गरेपछि उपाध्यक्ष अदालत गएर पुनर्बहालीको आदेश दिएर फर्किएपछि उनलाई अख्तियार लगाएर भ्रष्टाचारको मुद्दा लगाइएको थियो । विगत तीन वर्षदेखि उपाध्यायविरुद्ध चलेको उक्त मुद्दामा उनको तर्फबाट विद्वान् अधिवक्ताद्वय विकाश भट्टराई र विशाल उपाध्ययाले बहस पैरवी गरेका थिए ।