काठमाडौं : काठमाडौंको क्षत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । बैशाख १६ गते हुने भनिएको निर्वाचन अगाबै अन्य कसैको दावी तथा विरोध नपरेपछि उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा डा. मनोज मान श्रेष्ठ अध्यक्ष, कुमारदेव मानन्धर उपाध्यक्ष कृष्टिना श्रेष्ठ महासचिव, जगदीश माली सचिव, लहना श्रेष्ठ कोषाध्यक्ष, कृष्ण प्रसाद मानन्धर सह–कोषाध्यक्ष तथा निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डि.एल.चन्द्र मानन्धर कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् ।