काठमाडौं । सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धिरेनमान श्रेष्ठले पूर्वकाँकडभिट्टा (नेपाल भारत सीमा) देखि पश्चिम महेन्द्रनगर (नेपाल भारत सीमा) सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् ।
छ रात सात दिनको यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जरसहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए । उनले सम्पूर्ण यात्राको दौरान चार्जिङ खर्च छ सय ५० रुपैयाँ मात्रै खर्चिएको बताए । किफायती र कम लागतको विद्युतीय स्कुटरको यात्राले आगामी दिनहरुमा वातावरणमैत्री यातायात साधनका विकल्पहरूको प्रवर्द्धन गरेको र इन्धनको माग घटाउन प्रोत्साहन दिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार सेगवे इलेक्ट्रिक स्कुटर ई१०० यात्रा अवधि भर एक भरपर्दाे र प्रभावशाली रहेको छ ।
सेगवे इलेक्ट्रिक स्कूटर ई१०० वातावरणमैत्री विकल्प साबित भएको कम्पनीको दाबी छ । यो इलेक्ट्रिक स्कुटरमार्फत पूर्वदेखि पश्चिमसम्मको यात्रा दिगो गतिशीलतामा महत्वपूर्ण कोसेढुङ्गा भएको र यसले विद्युतीय सवारीसाधनहरूको क्षमतालाई प्रदर्शन गर्ने बताइएको छ ।