काठमाडौं । गुडविल फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक करोड ९९ लाख ९० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १५ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
९४ करोड ६१ लाख १५ हजार दुई सय रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ अर्ब २५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब २० करोड चार लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा ३१ करोड ५७ लाख ६० हजार सात सय २१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य मुनाफा १५ करोड ९२ लाख नौ हजार छ सय १६ रुपैयाँले ऋणात्मक रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने फाइनान्सले १० अर्ब ९४ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ६० करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड एक लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।