काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

संसदअधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । अब राष्ट्रपतिले सरकारको सिफारिस बमोजिम संसद अधिवेशन आह्वान गर्नेछन् ।