काठमाडौं । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो ।