काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ । बैंकका अनुसार उच्चतम ब्याजदर र तीन वटा बीमा सुविधासहित यो बचत खाता सञ्चालनमा ल्याइएको हो ।
यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमावापत एक लाख रूपैयाँ, दुर्घटना बीमा बापत १० लाख रूपैयाँ र प्राणघातक रोग बीमा बापत तीन लाख ७५ हजार रूपैयाँ दाबी गर्न पाउनेछन् । त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ । महिनामा पाँच पटकसम्म अरू बैंकको एटिएमबाट निःशुल्क पैसा झिक्न पाइने सुविधा पनि यस खातामा दिएको छ ।
नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ । यो खातामा लकर सुविधा लिँदा पहिलो वर्ष शुल्क लाग्ने छैन भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
सात दशमलव चार प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ । दैनिक रूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने विश्वास बैंकले लिएको छ ।