काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै १७ अंकले घटेको सेयर बजार साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १० दशमलव ६६ अंकले उकालो लागेर १८ सय ४४ दशमलव ३६ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८७ अंकले उकालो लागेर तीन सय ५४ दशमलव २५ बिन्दुमा चढेको छ । आज नेप्सेमा १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६९ वटा कम्पनीहरुको २० हजार सात सय ७६ पटक सेयर कारोबार भएको छ । जसबाट २८ लाख ३६ हजार एक सय ३९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।