पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनी मंगलबार इस्लामावाद उच्च अदालत उपस्थित हुने क्रममा पक्राउ परेका हुन् । उनी विचाराधीन मुद्दामध्ये एक मुद्दामा अदालत उपस्थित हुने क्रममा पक्राउ परेका हुन् ।
तेहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुख समेत रहेका खानमाथि भ्रटाचार मुद्दामा अदालतले उपस्थित हुन दिएको सूचनाको अवेज्ञा गरेको भन्दै पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । खानको पार्टी पीटीआईले खानलाई कुटपीट भइरहेको आरोप लगाएको छ ।
पीटीआईका अधिकारीहरुले खान पक्राउ परेपछि आफ्ना समर्थृकहरुलाई सडकमा आउन आग्रह गरेका थिए । त्यसपछि पीटीआई कार्यकर्ताहरुले राजधानी इस्लामावाद, लाहोर र पेसावरसहित देशभरका सहरमा भेला भएर सडक अवरुद्ध गरेका थिए । कार्यकर्ताले लाहोरमा सेना कमान्डरको घरमा तोडफोड गरेका थिए । प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाउने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।
पीटीआईका अधिवक्ता अली बुखारीले अदालतको बायोमेट्रिक कक्षमा उपस्थित हुन पुग्दैगर्दा दर्जनौँ रेन्जरहरुले पक्राउ गरेको बताएका छन् ।