काठमाडौं । मोदी इनर्जी लिमिटेडको सेयर बाँडफाँट भएको छ । सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित मोदी इनर्जी लिमिटेडको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ५५ लाख ५९ हजार चार सय २० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला भएको थियो ।
वैशाख १९ देखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको सेयरमा १२ लाख २९ हजार सात सय ४१ जनाले रीतपूर्वक आवेदन दिएका थिए । जसमध्ये पाँच लाख ६१ हजार दुई सय २६ जनामा १० कित्ताका दरले ५६ लाख १२ हजार दुई सय ६० कित्ता सेयर बाँडफाट भएकोे छ । निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सनराइज क्यापिटल लिमिटेडमा आइतबार बाँडफाँट सम्पन्न भएको हो ।