काठमाडौं । कृष्ण बेकरी एन्ड कन्फेक्सनरी उद्योगले आफ्नो आठौँ शाखा पुरानो बानेश्वरमा सञ्चालनमा ल्याएको छ । यो उद्योग मुलुककै पहिलो बेकरी एन्ड कन्फेक्सनरी उद्योग हो । २००५ सालमा कृष्णबहादुर राजकर्णिकारले स्थापना गरेको सो उद्योग कृष्ण पाउरोटीका नामले प्रख्यात छ । नेपालमा पाउरोटीको जग बसाउने पनि सोही उद्योग रहेको मानिन्छ ।
कृष्ण बेकरी एन्ड कन्फेक्सनरी उद्योगले आफ्नो हिरक महोत्सव (७५औँ वार्षिकोत्सव) मनाउने क्रममा पुरानो बानेश्वरमा सञ्चालनमा ल्याएको शाखाको सञ्चालक रमेश राजभण्डारीले बताए । आफ्नै देशमा उत्पादित कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरिने बेकरी र कन्फेक्सनरीले विगत ७५ वर्षदेखि ग्राहकको मन जित्दै आएको उनको भनाइ छ । पुरानो बानेश्वरमा सञ्चालित आठाँै शाखाको व्यवस्थापन नेपालमा पाउरोटीका जन्मदाता कृष्णबहादुर राजकर्णिकारका पनाति श्रेयष राजकर्णिकारले गर्नेछन् ।