काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ले अब डिजी मार्टमा स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ । सो अफरअन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा १० प्रतिशतसम्म छुट पाउने छन् । तर, यो छुट रकम १०० रुपैयाँभन्दा कम हुनुपर्नेछ । यो छुट जम्मा पाँच पटकसम्म प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो छुट डिजी मार्टको सबै शाखाबाट प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
यो अफर जेठ एक गतेदेखि असार ३१ गतेसम्म चल्ने बताइएको छ । आईएमई पे र डिजी मार्टबीचको सम्झौताअन्तर्गत् सो अफर सार्वजनिक गरिएको हो । यो अफर थोरै रकममा ग्राहकलाई धेरै सुविधा बदिने उद्देश्यले गरिएको कम्पनीले जनाएको छ ।