काठमाडौं । सनराइज बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले यही असार तीनमा आफ्नो १४ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकको यही जेठ आठ गते बसेको सञ्चालक समितिको ४१० औँ बैठकले वार्षिक साधारण सभासम्बन्धी निर्णय गरेको हो । सभामार्फत बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरूमाथि छलफल गर्ने तयारी गरेको छ ।