काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन्। सरकारको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।
मन्त्रिपरिषदको आग्रहअनुसार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि यसको समर्थन र विरोध भइरहेको छ। बुधबार फेसबुकमा लेख्दै रास्वपा सभापति लामिछानेले नयाँ संसदमा छलफलै नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएको उल्लेख गरेका छन्।
यसअघि संसदबाट २ पटकसम्म नागरिकता विधेयक पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन्।