महेन्द्र शाही
सोलुखुम्बु,वैशाख २
सोलुखुम्बुकको महाकलुङ गाउँपालिका वडा नम्बर ३ का व्यापारीले खाद्यान्नलगायत वस्तुको मूल्य मनलाग्दी लिनेगरेको पाइएको छ । वडाभित्रका व्यापारिले आपूmखुसी मूल्य लिने गरेको स्थानीयले गुनासो गरेका छन् । बन्दाबन्दीको कारण देखाउँदै व्यापारिले मनलाग्दी मूल्य लिएको स्थानीय हर्कराज कुलुङले जानकारी दिए । बन्दाबन्दी हुनुभन्दा पहिले दुई हजार दुई सय ५० मा बिक्री भइरहेको ग्यास अहिले तीन हजार पाँच सयमा बिक्री भइरहेको पाइएको हो ।
बन्दाबन्दीभन्दा पहिले एक हजार नौ सयमा पाइने एक बोरा मैदाको मूल्य अहिले दुई हजार एक सय ५० तिर्नु परेको स्थानीय जपीमाया कुलुङले बताइन् । आपूmहरूले ग्यासलगायत सबै सामनमा बढी मूल्य तिर्नुपरेको उनको भनाइ छ । खाद्यान्न लगाय सम्पूर्ण सामग्रीमा एक सयदेखि दुई सयसम्म वृद्धि भएको भए पनि ग्यासको मूल्यमा भने एक हजार दुई सय ५० रूपैयाँ बढी लिने गरिएको स्थानीयको भनाइ छ । विपतको समयमा आपूmलाई मारमा पारेको स्थानीयले गुनासो गरेका छन् ।
प्रहरी वा प्रशासनका व्यक्तिहरूलाई पुरानै मूल्य र स्थानीयलाई बढेको मूल्य लिने गरेको स्थानीयको भनाइ छ । व्यापारीले दोहोरो चरित्र देखाएको स्थानीयको भनाइ छ । यस विषयमा आपूmलाई गुनासो नआएको भन्दै गुनासो आएको खण्डमा कारबाही गरिने इलाका प्रशासन कार्यालय सोताङका प्रमुख विनोद गौतमले बताए । अहिलेसम्म कसैले पनि उजुरी नगरेको भन्दै उजुरी आएमा कानुनअनुसार कारबाही गर्ने उनको भनाइ छ । बढी मूल्य लिने जोकोहीलाई पनि आपूmले नछोडने भन्दै कडा कारबाहीको गरिने उनले बताए ।