जर्मनी । जर्मनीले कार्बन–न्युट्रल ट्रान्जिसनमा सहयोग गनै औद्योगिक फर्महरूलाई अर्बौँ रकम दिने बाचा गरेको छ । देशको चुनौतीपूर्ण औद्योगिक क्षेत्रलाई कार्बृन–न्युट्रल उत्पादन गर्ने प्रविधि परिवर्तन गर्न मद्दत गर्न ऊर्जा लागत सामना गरिरहेका फर्महरूलाई दशौँ अर्ब युरो उपलब्ध गराउने भएको हो ।
कच्चापदार्थ, ऊर्जा र श्रमको उच्च लागतका कारण युरोपेली उद्योगले दबाबको सामना गरिरहेकाले त्यसको समाधानका लागि जर्मनीले आगामी १५ वर्षमा करिब ५० अर्ब युरो खर्च गर्ने कार्यक्रम ल्याएको हो । यस कार्यक्रममा खर्च हुने पैसा जलवायु तथा रूपान्तरण कोष, उत्सर्जन व्यापार र अन्य स्रोतबाट जोहो गरिने बताइएको छ ।