काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । अफरअनुसार ग्राहकहरूले कुनै पनि ब्रान्डको आफूले हाल चलाउँदै गरेको स्मार्टफोनसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड भर्सन लिन सक्नेछन् ।
यस अफरका साथ शाओमीले ग्राहकहरूलाई आफ्नो इकोसिस्टममा सामेल हुन सहज र किफायती तरिका प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई ग्राहकहरू समक्ष ल्याएको कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले यो एक्सचेन्ज अफरले ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा कम्पनीको स्मार्टफोनको गुणस्तर र नवीनतम सुविधाहरू उपलब्ध गराइएको बताए ।
कम्पनीका अनुसार ग्राहकहरूले शाओमीको कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड इन प्रक्रिया सुरु गरेर सरलरूपमा नै एक्सचेन्ज अफरको लाभ लिन सक्नेछन् । ग्राहकहरूले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गर्न सक्नेछन् । नयाँ शाओमी, रेडमी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ््कन रकम घटाएर अपग्रेड गर्न खोज्ने टेक इन्थुसिअस्तहरूका लागि यो अफर अझै आकर्षक रहेको बताइएको छ । शाओमीको एक्सचेन्ज अफर जुन २ देखि राष्ट्रव्यापीरूपमा उपलब्ध गरिएको कम्पनीले जनाएको छ । यो उल्लेखनीय अवसरको फाइदा उठाउन र नयाँ शाओमी स्मार्टफोनमा अपग्रेड गरेर शाओमी इकोसिस्टमको पूर्ण लाभ उठाउन कम्पनीले आग्रह गरेको छ ।