काठमाडौं । नेसनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था र समिट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । मर्जरसम्वन्धी प्रस्ताव पारित गर्नका लागि नेसनल माइक्रो फाइनान्सले यही असार तीन गते विशेष साधारणसभाको आह्वान गरेको छ ।
सभामार्फत संस्थाले समिट लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्ने प्रस्ताव पारित गर्ने छ । यसका लागि नेसनलको एक कित्ता सेयर बजार समिटको शून्य दशमलव ७३ कित्ता सेयर हुने गरी स्वाप रेसियो कायम गरिने संस्थाले जानकारी दिएको छ । मर्जरपश्चात बन्ने संस्थाको नाम भने नेसनल समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ ।