काठमाडौं,माइतीघर मण्डलामा एकव्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल खन्याएर आगो खन्याएई आत्मदाह गर्ने व्याक्ति मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । केही दिनयता भइरहेको नागरिकताविहीन संर्घष समितिले माइतीघरमा निरन्तर प्रदर्शनमा उनी सहभागी हुँदै आएको बताइएको छ। सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा नागरिकता विहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम हुँदै आएको थियो। कामत नागरिकताविहीन संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष समेत रहेको बुझिएको छ ।कामतलाई तत्कालै उद्धार गरी ट्रमा सेन्टरमा लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको छ।