काठमाडौँ । हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दमाथि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका थिए ।
शाहले नेपाल र भारतमा सो शब्द न सच्चिँने हो भने काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।
शुक्रबार बिहान बसेको चलचित्र संघको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नभएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने बारेमा छलफल भएको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले बताए ।
हलवालाहरुले पनि आधिकारिक पत्र नआएको कारण देखाउँदै मध्यान्हदेखि महानगरभित्रका सबै हलमा ‘आदिपुरुष’सहितका हिन्दी फिल्म सञ्चालनमा आइसकेको छ । आदिपुरुषमा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको कायस्थले बताएका छन् ।