काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको जनाएको छ ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा यो तथ्यांक आयोगका सचिव रामेश्वर दंगालले पेस गरेका हुन् । समितिको बैठकमा दंगालले आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको जानकारी गराएका हुन् ।
अख्तियारका अनुसार २०७४/७५ मा १९४८८, २०७५/७६ मा २४०८५, २०७६/७७ मा २५१५२, २०७७/७८ मा २२६२५ र २०७८/७९ मा २४३३१ उजुरी दर्ता भएको छ । प्रतिशतका हिसाबले सबैभन्दा बढी उजुरी फर्छ्यौट २०७८/७९ मा ७०।५६ प्रतिशत भएको छ । यसैगरी सबैभन्दा कम २०७९/८० मा ५६।३३ प्रतिशत उजुरी फर्छ्यौट भएको छ ।