काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै यो बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड –२०२३ म्याक्सिमाइजिङ कस्टुर इन्गेजमेन्ट गोल्ड पुरस्कारबाट सम्मानित भएको छ ।
बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल इन्डिया बैंङ्लोरले प्रदान गर्ने इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३ म्याक्सिमाइजिङ कस्टुर इन्गेजमेन्ट गोल्ड नामक पुरस्कारबाट माछापुच्छ्रे बैंक सम्मानित भएको हो । विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ ।
इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ । यस वर्ष विश्वभरबाट २०० भन्दा बढी कम्पनीहरू विभिन्न विधाहरूमा मनोनयनमा परेका थिए । बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३३ शाखारहित बैंकिङ सेवा, दुई सय तीनवटा एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।