काठमाडौं । ‘आईएमई पे’ले मोबाइल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आईएमईको २३ औँ वार्षिकोत्सवको अवसरमा आईएमई पेमार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।

केही समययता सुरु गरिएको टपअप क्यासब्याकअन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले पाँच प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा दुई प्रतिशतसम्म क्यासब्याक पाउने छन् ।