काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बताएका छन् ।
लुम्बिनीमा मंगलवार भएको योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । यस विषयमा उनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र भारत अघि बढीरहेको बताए ।
राजदूत श्रीवास्तवले नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै योगा फैलिनु खुशीको विषय भएको बताए । उनले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेको पनि बताए ।