धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री जिप दुर्घटनामा निधन भएका पृथ्वीबहादुर सिंहलाई विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । धनगढीस्थित क्षेत्रीय रंगशालामा बुधबार आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
मुख्यममन्त्री, प्रदेशसभाका सभामुख, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरु, धनगढीका मेयर गोपाल हमाल लगायतले सिंहको पार्थिव शरीरमा पुष्पगुच्चासहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।
गृह जिल्ला बझाङ जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै मन्त्री सिंहसहित उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो ।