काठमाडौं, आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाललले टस जितेर वेष्ट इण्डिजविरुद्ध फिल्डङ रोजेको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेका हुन ।
नेपाल टिम
आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
नेपाली क्रिकेटमा यो सबैभन्दा बहुप्रतिक्षित खेल हो । नेपालले ५ वर्ष अघि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो केवल दोस्रो खेल हो । यसै प्रतियोगितामा नेपालले जिम्बावेसँग खेलेको थियो । वेस्ट इन्डिजले १९७५ र १९७९ को पहिलो दुई संस्करणको विश्वकप जितेको थियो ।