काठमाडौं । प्रदेश १—०२—००१ प नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विवाहको जन्तीको कारलाई ठक्कर दिदा कारमा सवार ६ जना गम्भीर घाइते भएका छन् भने २ जनाको मृत्यु भएको छ । घाइतेहरूको विर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
कारले भाग्ने मौका नपाउँदा ठूलो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले ट्रक सिधै आएको देखेका थिए। कारमा ठोक्किएपछि मात्र झसंग भएका चालकले ट्रकलाई नियन्त्रणमा लिने प्रयास गरे। तर सकेनन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दुर्घटनामा ट्रक चालकको चरम लापरबाही देखिएको बताएका छन्। सायद चालक निदाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । चालकले दुर्घटना भएको आफूलाई पत्तै नभएको बयान दिएका छन्।