काठमाडौं । मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताएका छन् ।
अध्यक्ष नेपालले बिहीबार सन्देश जारी गर्दै नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय, समानता, विकास र समृद्धिका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
सङ्गठन विभाग प्रमुख जीवराज आश्रित र तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको वि.सं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।