काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा कार्डियोलोजी निःशुल्क ओपीडी हुने भएको छ । शनिबार अस्पतालमा मुटुरोगसम्बन्धी ओपीडी सञ्चालन गर्न लागेको अस्पतालले जनाएको छ । शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म ओपिडी सञ्चालन हुने अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत शनिबार अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिस्ट) डा शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपीडी सञ्चालन गरेको थियो । ओपीडीमा सहभागिताका लागि अस्पतालको ल्यान्डलाइन नम्बर ०१५९७००३२ र मोबाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिने अस्पतालले जनाएको छ । यो क्रममा सर्वसाधारणको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।