काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७ ठूला अस्पतालमा गरिब, विपन्न, असहाय र बेवारिसे विरामीका लागि अस्पतालहरूमा शय्या शुल्क नलिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतका अनुसार वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गरिएको छ।
कान्ति बाल अस्पतालमा दुई सय ४८, राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ५०, कोशी अस्पतालमा तीन सय ३०, परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा चार सय ५०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा ६० शय्या निस्शुल्क गरिने मन्त्री बस्नेतको भनाइ छ । यी अस्पतालमा बिरामीले यसअघि प्रतिदिन २ सय रुपैयाँका दरले शय्या शुल्क तिर्नुपर्ने व्यवस्था थियो।